शिक्षाविद् एवम् इतिहासविद् ज्ञानकाजी खिं मानन्धरको निधन

काठमाण्डाै – शिक्षाविद् एवम् इतिहासविद् ज्ञानकाजी खिं मानन्धरको निधन भएको छ। शिक्षा, संस्कृति र सामाजिक क्षेत्रमा अतुलनीय योगदान दिनुभएका मानन्धरको ८९ वर्षको उमेरमा गए राती निधन भएको हो। केही समय अघि देखि बिरामी हुनुभएका उहाँ उपचाररत हुनुहुन्थ्यो।

वि.सं. १९९१ पुस महिनामा बनेपास्थित वांख्योटोलमा पिता मोहनलाल खिं मानन्धर र माता लक्ष्मीमायाका कान्छा छोराका रुपमा जन्मनु भएका उहाँका दी लिजेण्ड अफ नेपाल कुमारी, खड्गजोगिनी, श्वेतचैत्य, नेपाल–आख्यान र नाटक, कपिलवस्तुस भगवान्, बनेपा स्तवन, अरनिकोया श्वेतचैत्य, माइथस् एन्ड लिजेण्डस् अफ नेपाल, बनेपा सातगाउँ, मानन्धरतय्‌गु विषय छुँ खँ र पश्चाताप लगायतका पुस्तक प्रकाशित छन् ।  

आजाद मा.वि., चैतन्य मा.वि.बनेपा लगायत विभिन्न विद्यालयमा ३८ वर्ष शिक्षणसेवा गरेका मानन्धर धेरैजसो बनेपाली हस्तीहरुका पनि गुरु हुनुहुन्थ्यो। काभ्रे जिल्लामा अङ्ग्रेजी बिषयमा बिएड गरेका पहिलो व्यक्ति उहाँ बनेपाको इतिहासका पिता समेत भनेर चिनिनुहुन्थ्यो ।