काठमाण्डौ – भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । उहाँको ८२ वर्षको उमेरमा हिजो ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।
नेपाली सुगम संगीतमा उहाँको विशिष्ट स्थान छ । आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् ।
आचार्यको पार्थिव शरीरलाई आज मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ ।
