ललितपुर– ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा गएराति दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँचथरका २८ वर्षीय रोबर्ट राई र सुनसरीका ३० वर्षीय पुजन राई रहेका छन् । उनीहरु दुवैजना ललितपुर महानगरपालिका– २६ ढोलाहिटीमा बस्दै आएका थिए ।
उनीहरूको शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार भएको पाइएको छ । घटनामा संलग्न रहेको आशंकामा १८ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो।
