गणेशदेवी स्मृति पुरस्कार पूर्व मेयर विद्यासुन्दर शाक्य र वरिष्ठ संगीतकार रत्न बेहोशी बज्राचार्यलाई प्रदान गरिएको छ ।शनिबार एक कार्यक्रममा बरिष्ठ साहित्यकार मथुरा साइमीले अवार्ड प्रदान गरेका थिए।
काठमाडौँ महानगरपालिकाअन्तर्गतका विद्यालयहरूमा नेपाली भाषालाई स्थानीय पाठ्यक्रमको रूपमा कार्यान्वयन गर्ने मेयर शाक्य र रत्न बेहोशी बज्राचार्यलाई नेपाली भाषा गीत र भजनको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।
गणेशदेवी स्मृति प्रतिष्ठानले प्रदान गरेको उक्त अवार्ड यस वर्ष दोस्रो पटक प्रदान गरिएको थियो। पुरस्कारको राशि रु ५५ हजार र प्रमाणपत्र रहेको छ । समाजसेवी दिलबहादुर मानन्धरकी पत्नी गणेशदेवी मानन्धरको सम्झनामा प्रतिष्ठान स्थापना भएको हो ।
कार्यक्रममा बोल्दै पूर्व मेयर शाक्यले स्थानीय तथा समुदायको सहयोगमा नेपाली भाषा विद्यालयहरूमा लागू गर्न सफल भएको बताए ।कार्यक्रममा प्रतिष्ठानको अध्यक्ष स्नेह शयामी द्वारा आमा घरकी सञ्चालक दिलशोभा श्रेष्ठलाई पनि २० हजार रुपैयाँ पनि सहयोग गरेको छ ।
