काठमाण्डौ – काव्य म्युजिक सेन्टर र बेलिजाई समुहको संयुक्त आयोजनामा काव्य म्युजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न भएको छ ।कार्यक्रम माननीय पुर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । राष्ट्रिय नाँचघर जमलमा सम्पन्न भएको उक्त अवार्ड तेश्रो संस्करण थियो ।
काव्य म्युजिक सेन्टरकी अध्यक्ष सुजिता आचार्यको अध्यक्षता सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथीले दिप प्रज्वलन गरेर सुरु गरेका थिए ।थुप्रै विधा समावेश गरिएको कार्यक्रममा १६ विधालाई गोलाप्रथाद्वारा अवार्ड प्रदान गरिएको हो । बाँकी जुरी र पब्लिक च्वाइस अवार्ड थिए ।
यसै अवार्डको बिशेष समारोहमा गायक, सरोदवादक, संगीतकार तथा रचनाकार यसराजले आधुनिक गजल तर्फ वर्षको सर्वोत्कृष्ट गायकको उपाधि हात पार्न सफल हुनु भयो। उहाँ चर्चित इसराज गुरु स्वर्गीय जलेशानन्दका छोरा हुनुहुन्छ । विगत तीन दशकदेखि यसराज नेपाली शास्त्रीय संगीतमा क्रियाशिल हुनुहुन्छ।
गायक, सरोदवादक, संगीतकार तथा रचनाकार यसराजले विगत तीन दशकदेखि नेपाली शास्त्रीय संगीतमा समर्पित रही नेपाली गीत संगीतको स्वादलाई विश्वसामु पुर्याउदै आउनु भएको छ। यसराजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धेरै कार्यक्रममा प्रस्तुति दिनु भएको छ । यसराजको कलाप्रतिको समर्पणलाई ध्यानमा राख्दै उहाँलाई समय समयमा विभिन्न संघसस्थाले सम्मान समेत गर्ने गरेका छन् ।
उहाँ आफ्नो कलाको मुल्यांकन गर्दै आधुनिक गजल तर्फ वर्षको सर्वोत्कृष्ट गायकको अवार्ड हात पार्न पाउँदा काव्य म्युजिक सेन्टरप्रति मन खोलेर कृतज्ञता व्यक्त गर्नु हुन्छ। साथै गायक, सरोदवादक, संगीतकार तथा रचनाकार यसराजले आफुलाई यो स्थानमा पुर्याउन सहयोग गर्ने सम्पूर्ण नेपाली गीत संगीतका अनुरागीहरु प्रति पनि आभार प्रकट गर्नु हुन्छ।
