भक्तपुरका नेवा: समुदायले आज च:था पर्व मनाउदै

भक्तपुरमा आज भाद्र २१ गते शुक्रबारका दिन नवदुर्गा भवानी र तलेजु भवानीले च:था पुजा मनाएको छ । भक्तपुरवासीले नवदुर्गा र तलेजु भवानीले जुन दिन चथा पर्व मान्छन् त्यही दिन नै च:था मान्ने गर्दछन ।

पञ्चाङ्ग अनुसार २१ गते दिउँसो १ बजे देखि २२ गते दिउँसो २ बजे सम्म मात्र चतुर्थी पर्न गएकोले भाद्र २१ गते नै चथा पुजा मान्ने निर्णय गरिएको श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।