नेपालभाषाको म्यूजिक भिडियो “मछालेगु बानी” का कलाकारहरु सम्मानित

केबिएस लुभु (लुभु वेभ स्टुडियो)को आयोजनामा, नेपालभाषाको म्यूजिक भिडियो ‘मछालेगु बानि…’ यूट्यूबमा १० लाख भ्यूज पुगेको अवसरमा उक्त म्यूजिक भिडियोका सम्पूर्ण टिमलाई सम्मान गरिएको छ । उक्त गीत प्रसिद्ध साहित्यकार प्रा. सुवर्ण शाक्यले लेख्नुभएको हो ।

काठमाण्डौं, नेपाः ब्यांक्वेटमा हिजो बिहीबार भएको उक्त कार्यक्रममा मुख्य अतिथिको रुपमा बागमती प्रदेशको सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठ सहभागी हुनुभएको छ भने उक्त कार्यक्रम म्यूजिक भिडियोका निर्माता मोति-हर्ष फाउन्डेशनका अध्यक्ष सुनिलकुमार शाक्यको सभाध्यक्षतामा भएको हो ।

कार्यक्रममा केबिएस लुभुका ब्यवस्थापक कृष्णभक्त श्रेष्ठ (केबिएस)ले सबैलाई स्वागत गर्नुहुँदै केबिएसका तर्फबाट निर्माता सुनिल कुमार शाक्य र कलाकार रवि डंगोललाई सम्मान पत्र अर्पण गरी सम्मान गरिएको छ ।

कार्यक्रममा ‘मछालेगु बानि …’ म्यूजिक भिडियोका गीतकार शाक्य स्वास्थ्यका कारण अनुपस्थित हुनुभएकोले वहाँका छोरा रोशन शाक्य र भाइ ज्योति शाक्यलाई सम्मानित गरिएको छ ।त्यसै गरी निर्देशक सुजन बज्राचार्य ‘ख्वपय्’, क्यामरा पर्सन तथा सम्पादक शैलेश श्रेष्ठ, गायिका निशा देशार, कलाकारहरु दिपेश डंगोल, निशा डंगोल लगायत सम्पूर्ण कलाकारहरुलाई धन्यबाद पत्र सहित सम्मान गरिएको छ । ‘मछालेगु बानि…’ गीत म्हाः म्हाः इन्टरटेन्टमेन्टको अफिसियल यूट्यूब च्यानलबाट प्रदर्शन गरिएको हो ।