चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई सवारी हस्तान्तरण

नेपालका लागि चिनियाँ राजदूत छन सङले छत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारी सधान हस्तान्तरण गरेको छ। आज आयोजित कार्यक्रममा उनले दूतावासले उक्त सहयोग गरेका थिए।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतित्थ्यमा भएको सवारी हस्तान्तरण कार्यक्रममा अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठ, पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा वडा नं.१७ का वडा अध्यक्ष नवीन मानन्धर लगायतको उपस्थित रहेको थियो ।

उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल छिमेकीसँगै अन्तर्राष्ट्रिय समुदायसँग मैत्रीपूर्ण सम्बन्ध राखेर अघि बढिरहेको स्पष्ट पर्दै यस्ताले सहयोग दुई देशबीचको सम्बन्ध राम्रो हुनेमा जोड दिनु भयो।

नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपालको आर्थिक विकास र समृद्धिका लागि चीनले सहयोग गर्दै आएको उल्लेख गर्दै दुई देशबीच विविध क्षेत्रमा सहकार्यबाट महत्त्वपूर्ण नतिजा हासिल भइरहेको बताए । उनले छत्रपाटी निःशुल्क चिकित्सालयले सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकामा खुसी व्यक्त गरे । सो अवसरमा काठमाडौँस्थित चिनियाँ दूतावासले उपलब्ध गराएको विद्युतीय सवारी साधन हस्ताक्षरण गरिएको थियो ।

नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपालको आर्थिक विकास र समृद्धिका लागि चीनले सहयोग गर्दै आएको उल्लेख गर्दै दुई देशबीच विविध क्षेत्रमा सहकार्यबाट महत्वपूर्ण नतिजा हासिल भइरहेको बताए ।

उनले छत्रपाटी निःशुल्क चिकित्सालयले सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकामा खुसी व्यक्त गरे । सो अवसरमा काठमाडौँस्थित चिनियाँ दूतावासले उपलब्ध गराएको विद्युतीय सवारी साधन हस्ताक्षरण गरिएको थियो ।