प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशका विभिन्न क्षेत्रगत समस्याहरूको पहिचान र समाधानका लागि सक्रियता बढाउनुभएको छ।
यसै क्रममा प्रधानमन्त्री शाहले आज बुधबार सिंहदरबारमा सबै राजनीतिक दलका समानुपातिक सांसदहरूसँग विशेष छलफल गर्नुभएको छ।
देशभरका विभिन्न क्षेत्रका वस्तुगत समस्या र विकासका आवश्यकताहरू बुझ्नका लागि यो छलफल आयोजना गरिएको हो।
प्रधानमन्त्रीले यसअघि नै विभिन्न प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग चरणबद्ध रूपमा छलफल गरिसक्नुभएको छ। समानुपातिक सांसदहरूसँगको यस संवादले नीति निर्माण र क्षेत्रीय मुद्दाहरूलाई सम्बोधन गर्न थप मद्दत पुग्ने विश्वास लिइएको छ।
