काठमाडौं : काठमाडौं उपत्यका र यस आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको धक्का काठमाडाैंमा महसुस भएको हो । पछिल्लो समय पश्चिम नेपालमा भने लगातार रुपमा भूकम्प गइरहेको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपाल-चीन सीमाक्षेत्रनजिक ज्यामिरेबाट दुई किलाेमिटर पर माझीटार केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाएको छ ।
