पूर्वमन्त्री राजेन्द्र श्रेष्ठको पुस्तक ‘ऐतिहासिक नेपालमण्डल, संघवादया सिद्धान्त व नेवाः म्हसीका’ सार्वजनिक हुने भएको छ ।आज नेपा: ब्याकेट, खुसिबुँमा एक कार्यक्रमका बिचमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस्तकको विमोचन गर्ने भएको छ।
कार्यक्रममा विमोचन हुने पुस्तकलाई लिएर प्रमुख वक्ताको रुपमा नेवाः आन्दोलनका अगुवा मल्ल के. सुन्दरले आफ्ना कुराहरु राख्ने बताइएको छ ।
आफुले अहिलेसम्म लेखेका पुस्तकहरु भन्दा यो बिलकुलै भिन्न किसिमको रहेको पुस्तकका लेखक पूर्वमन्त्री श्रेष्ठले बताए ।
‘प्राचीन नेपालमण्डलको आफ्नै मौलिक विशेषता छ । यस पुस्तकले त्यहि नेपालमण्डलको भूगोल र तत्कालीन नेपालमण्डलको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतीक परिस्थिती, संरचनाको जानकारी दिनेछ’ श्रेष्ठले बताए ।
यसको साथमा पहिचानको आन्दोलन र वित्तिय संघीयताको बारेमा पनि जानकारी साथै विश्लेषण पुस्तकमा समावेश गरेको पनि श्रेष्ठले बताए ।
