काठमाडौं । सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छन् । उनलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।
भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता पनि हुन् । यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेका थिए ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि नै बडालले पनि त्यसै दिनदेखि लागू हुने गरी राजीनामा दिएका थिए ।
यद्यपि, बडालले राजीनामा आज मात्रै स्वीकृत भएपछि सार्वजनिक भएको हो ।
बडालको राजीनामा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका हुन् । प्रधानमन्त्रीको नियुक्तिसँगै महान्यायाधिवक्ता नियुक्ति गर्ने चलन छ ।