तीन मन्त्रीहरू घिसिङ, खनाल र अर्यालको टुंगो लाग्यो, भोलि शपथ

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो । गृहमन्त्री अर्यालले कानुन…

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

काठमाडौं । सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छन् । उनलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता पनि हुन् ।  यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति…

आगजनी र तोडफोडबाट होटल क्षेत्रमा झन्डै २५ अर्ब रुपैयाँको नोक्सानी

जेन–जीले भदौ २३ र २४ मा गरेको प्रदर्शनबाट होटल क्षेत्रमा झन्डै २५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ । झन्डै दुई दर्जन होटलमा ठूलो क्षति पुगेको होटल सङ्घले विज्ञप्तिमार्फत जनाएको छ । सङ्कलित प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित भएका होटलहरूमा…

सुक्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम) सडक सुक्खा पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध बनेको छ । म्याग्दी र मुस्ताङको सिमाक्षेत्र थासाङ गाउँपालिका—४ स्थित काभ्रेभीरमा गएराति सडक माथिबाट सुक्खा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध बनेको बेनी-जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी…

सुनको मूल्य तोलामा ७ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख १५ हजार १०० र प्रतितोला चाँदीको मूल्य दुई हजार ५७०…

जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको सरकारद्वारा औपचारिक जानकारी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको सरकारले जानकारी दिएको छ । आज प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रममा सो जानकारी गराइएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनकारीतर्फ ५९ जना सहिद भएका छन् भने प्रहरीतर्फ ३ जनाको निधन भएको…

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।