मैत्रीपूर्ण खेलमा पहिलो हाफमा नेपालको पुनरागमन

काठमाडौं : नेपाल र भारत बीचको मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपाल र भारत दुवै टोलीले १-१ गोल गरेका छन् ।

भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा जारी खेलमा घरेलु टोलीले १-१ को अग्रता लिएको हो। भारतकी सौम्या गुगुलोथले गोल गरिन्। नेपालकी अनिता बस्नेतले बराबरी गोल फर्काइन् ।

पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा नेपालका लागि रश्मीकुमारीगी सिंहले गोल गर्दै नेपाललाई एकएक बराबरीको स्थितिमा ल्याइन्। अनिता बस्नेतले हानेको कर्नरमा हल्का हेडर गर्दै रश्मीले गोल गरेकी हुन्।

जको खेलमा नेपालका लागि पूर्णिमा राईले सिनियर टिममा डेब्यु गरेकी छन्। आजको खेलमा उषा नाथले गोल पोस्ट सम्हालेकी छन् भने अनिता बस्नेतले खेलको कप्तानी गरिरहेकी छन्।