भर्जिनियामा पहिलो पटक ल्याय्​म्ह अमेरिका गुठीको सामूहिक ‘म्ह पूजा’ सम्पन्न

ल्याय्​म्ह अमेरिका गुथिले यस वर्षको म्ह पूजा तथा नेपाल सम्बत् ११४६ नयाँ वर्षको शुभ अवसरमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।

नयाँ समुदायका सदस्यहरू, परिवारहरू र शुभेच्छुकहरूलाई एकसाथ ल्याउँदै आत्मपूजन र सामुदायिक एकताको यो महत्वपूर्ण परम्परा अत्यन्त हर्षोल्लासका साथ मनाइयो ।

कार्यक्रमकोमा ल्याय्​म्ह अमेरिका गुठीका अध्यक्ष पुष्कर प्रजापतिले सबै आगन्तुकहरूलाई स्वागत गर्दै गुठीप्रति निरन्तर सहयोग र नेपाली (नेवाः) संस्कृति, भाषा तथा परम्पराको संवर्द्धनमा देखाएको समर्पणका लागि धन्यवाद व्यक्त गरे । कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य बालबालिकालाई म्ह पूजाको महत्त्व र नेपाल सम्बत् ११४६ को नयाँ वर्षको उत्सवबारे सिकाउनु हो।

कार्यक्रमको सुरुमा ल्याय्​म्ह अमेरिका गुठीका अध्यक्ष पुष्कर प्रजापतिले सबै आगन्तुकहरूलाई स्वागत गर्दै गुठीप्रति निरन्तर सहयोग र नेपाली (नेवाः) संस्कृति, भाषा तथा परम्पराको संवर्द्धनमा सबै बाट सहयोगको गर्न अनुरोध गरे ।

पुजारी गुरुज्यू: यज्ञमान शाक्य बज्र गुरुज्यूले पूजा सम्पन्न गरेका थिए। कार्यक्रमका क्रममा गुठीका विद्यार्थीहरू वोनजला प्रजापति र अन्या राजभण्डारीले म्ह पूजा र नेपाल सम्बत्‌को महत्वबारे बोलेका थिए साथै आयोजकहरूले बालबालिकाहरूका लागि मण्डल रंगाउने व्यवस्था समेत गरेका थिए ।

१२० जना सहभागीहरूले म्ह पूजा गरेका थिए। कार्यक्रममा परम्परागत धिमे बाजा बजाउदै नयाँ आजीवन सदस्यहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।