पूर्व आईजीपी सर्वेन्द्र खनालद्वारा ‘समुन्नत नेपाल पार्टी’ घोषणा

पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पार्टी खोलेका छन् । उनको पार्टीको नाम ‘समुन्नत नेपाल पार्टी’ रहेको छ । नयाँ दल गठनबारे प्रतिक्रिया दिँदै खनालले “देश आफैँले बनाउने र त्यसको नेतृत्व पनि आफैँले गर्ने” उद्देश्यका साथ पार्टी खोलिएको बताएका छन्।

 उनका अनुसार नयाँ पार्टीले सुशासन, शुद्ध प्रशासन, सुरक्षा क्षेत्रको सुधार र राष्ट्रहितका एजेन्डा प्राथमिकतामा राख्नेछ।

खनालले देशमा वैकल्पिक नेतृत्व आवश्यक भएको बताउँदै आगामी राजनीतिक गतिविधिमा सक्रिय भूमिका खेल्ने तयारी गरेका छन्।

एमालेबाट राजीनामा दिएपछि खनालले आगामी निर्वाचनमा भाग लिन नयाँ दल खोलेका हुन्। उनले सुशासन र समृद्धिलाई मुख्य एजेन्डा बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिने योजना सार्वजनिक गरेका छन्। ३० वर्षे प्रहरी सेवा सकेर तीन वर्ष नबित्दै खनाल २०७९ असोजमा एमालेमा प्रवेश गरेका थिए। तर उनको चुनावी यात्रा सफल हुन सकेन।