काठमाडौं — नेपालभाषा क्षेत्रका वरिष्ठ पत्रकार, कवि तथा नेपालभाषा आन्दोलनका चिन्तक सुरेश मानन्धरको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरिने भएको छ। नेपालभाषा टाइम्सका प्रधान सम्पादक समेत रहेका मानन्धरको योगदानको कदर गर्दै उक्त कार्यक्रम गर्न लागिएको हो।
नेपालभाषा आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका तथा भाषा आयोगका पूर्व सदस्य समेत रहेका स्व. मानन्धरको स्मृतिमा आयोजना हुन लागेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले उनको योगदानबारे मन्तव्य व्यक्त गर्नेछन्।
उक्त कार्यक्रम नेवाः देय् दबू नेपालभाषा मंका खलः र नेपालभाषा टाइम्सको सहकार्यमा आयोजना हुन लागेको हो।
कार्यक्रमको विवरण यस प्रकार रहेको छः
तिथि : नेसं ११४६ चउलाथ्व तृतिया (चैत ७ गते), शनिबार
समय : दिउँसो १२ बजे
स्थान : नेपा: ब्यांक्वेट, खुसीबुँ, काठमाडौं
आयोजकले सम्पूर्ण भाषा प्रेमी, साहित्यकार तथा सर्वसाधारणलाई उपस्थित भई श्रद्धाञ्जली अर्पण गर्न अनुरोध गरेका छन्।
