बुधबार नेप्से परिसूचक वृद्धि भएको छ। नेप्से ४.९९ अंकले बढेर दुई हजार ७८२.१० विन्दुमा कायम भएको हो।
आज कारोबार रकम पनि बढेको छ। एक करोड ५२ लाख ४९ हजार कित्ता सेयर ६ अर्ब तीन करोड रुपैयाँमा खरिद–बिक्री भएको हो। मंगलबार चार अर्ब ८५ करोडको सेयर कारोबार भएको थियो।
समूहगत सूचकमा वित्त, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्यको सूचकमा गिरावट हुँदा बाँकी समूह वृद्धि भएका छन्। सबै समूहको परिवर्तन एक प्रतिशतभन्दा कम छ।
आज कालिञ्चाेक हाइड्रो र बुंगाल हाइड्रोका लगानीकर्ताले १४ प्रतिशतभन्दा धेरै आर्जन गरेका छन्। सबैभन्दा धेरै गुमाउनेमा सानिमा डिबेन्चर २०८९ र मञ्जुश्री फाइनान्स डिबेन्चर २०८५ का लगानीकर्ता छन् । यी धितोपत्र ६ प्रतिशतभन्दा धेरैले घटेका हुन्।
