काठमाडौँ – प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो १ः०० बजेसम्मका लागि स्थगित भएको छ।
प्रतिपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिको विरोधमा संसद् अवरुद्ध गरेपछि कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भएको हो।
आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनु पर्ने र प्रधानमन्त्री शाहले संसद्मै आएर माफी माग्नुपर्ने माग गर्दै विपक्षीले संसद् अवरुद्ध गरेका हुन्।
आज संसद् बैठक सुरु भएलगत्तै विपक्षीहरूले संसद् अवरुद्ध गरेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।
पुनः सुरु भएको बैठकमा पनि विपक्षीले अवरोध कायमै राखेपछि सभामुख अर्यालले संसद्मा विरोध गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन गर्दै बैठक स्थगित गरेका हुन्। सोमबारको बैठक कार्यसूचीमा प्रवेश नै गरेन।
