काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम जोडेर खोलिएका अनाधिकृत सामाजिक सञ्जाल (फेसबुक पेज) हटाई त्यस्ता प्रयोगकर्तालाई आवश्यक कारबाही गर्न साइबर ब्यूरोलाई आग्रह गरेकी छिन्।
यसअघि १३ जेठ र २५ असारमा पनि ती फेसबुक पेजहरु बन्द गर्न आग्रह गरे पनि अहिलेसम्म बन्द नभएको र विभिन्न खाले सामग्री प्रकाशन भइरहेको भन्दै डंगोलको सचिवालयले ब्यूरोलाई पुन: पत्र लेखेको हो ।
तर अहिले पनि यस्ता भिडियो, फोटो तथा समाचार विभिन्न खाले सामाग्री प्रकाशन भैरहेको त्यस्ता गतिविधि गर्नेलाई कानुन बमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन पत्र लेखेकी छन् । उपप्रमुख डंगोलले पनि अनधिकृत पेजहरूमार्फत महिलाको चरित्रहत्या, समाजमा विद्वेष फैलाउने जस्ता गलत गतिविधि भइरहेकाले निगरानी गरी बन्द गराउन आग्रह गरिएको बताइन् ।
