युरोपियन च्याम्पियन्स लिगमा रियलद्वारा सिटीलाई पराजित

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को प्लेअफ खेलमा साविक विजेता रियल म्याड्रिडले इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गरेको छ।

च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेगअन्तर्गत इतिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा ८०औं मिनेटसम्म सिटी २–१ ले अगाडि थियो।

१९औं मिनेटमा हालान्डले पहिलो गोल गरेको थियो तर केलियन एम्बाप्पेले ६०औं मिनेटमा भाग्यशाली गोल गर्दै खेल बराबरीमा ल्याए। उनको ‘मिसकिक’ प्रहारलाई सिटीका गोलकिपर एडर्सनलाई बिट हुँदै गोललाइन पार गर्‍यो।

त्यसपछि सिटीले पेनाल्टी पायो, जुन हालान्डले गोल गर्दै पुनः २–१ को अग्रता दिलाए। तर, सिटीकै पूर्वखेलाडी ब्राहिम डियाजले अर्को एक गोल थपि खेल बराबरी बनाए।

तर रियलले रोमाञ्चक जित निकाल्ने क्रममा दोस्रो हाफको इन्जुरी समयमा बेलिङघमद्वारा ९०+२ मिनेटमा बिजय गोल गरेको थियो।