दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौँ- कारोबारको चौथो दिन बुधबार सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ।

बुधबार नेप्से परिसूचक १७ दशमलव ४४ अङ्कले बढेर २६९३ दशमलव ०६ को विन्दुमा पुगेको छ।

बुधबार ३२३ कम्पनीका ७७ हजार ३१६ पटकको कारोबारमा २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता सेयर खरिद बिक्री भएको छ। कुल ८ अर्ब ५८ करोड ६० लाख ४ हजार ३३४ रुपैयाँको कारोबार भएको छ।

१ सय ४८ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको घटेको छ भने दुई कम्पनीको मूल्य स्थिर छ।