काठमाडौँ- बुधबारको प्रतिनिधिसभाको बैठक केही मिनेटमै स्थगन भएको छ।
११ बजेका लागि बोलाइएको बैठक १ बजे सुरु भएको थियो। बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर अवरोध पुर्याएका थिए।
विपक्षी सांसद्हरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी संसद्को कारबाही अवरोध गरेका थिए।
सभामुख देवराज घिमिरेको पटकपटकको आग्रहपछि पनि विपक्षी दलहरूले अवरोध कायमै राखेपछि संसद् बैठक आधा घन्टाका लागि स्थगित भएको छ।
