काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार (आज) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १६ सय रुपैयाँले घटेर १ लाख ८९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।
