काठमाण्डौ – सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
सुन आज पाँच सय रुपैयाँले बढेर तोलाको दुई लाख ४३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४२ हजार आठ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी पनि आज २० रुपैयाँले बढेको छ । चाँदी आज २० रुपैयाँले बढेर तोलाको तीन हजार एक सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तीन हजार एक सय ३५ रुपैयाँ थियो ।
