चैत १५ गते काठमाडौँको तीनधारा पाठशालाबाट सुरु भएको सेतो मच्छिन्द्रनाथको रथयात्रामा सहभागी हुन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, जनप्रतिनिधिहरु सहभागी हुनुभयो । रथ यात्रामा गुठीयार, स्थानीयबासी र श्रद्धालुहरुको बाक्लो उपस्थिति थियो ।
जात्राको गरिमा बढाउन कलाकारहरु हरिबंश आचार्य, प्रदीप खड्का, सन्तोष सेन, योगेश्वर अमात्य, अर्जुन पाँडे, मिस नेपाल, अस्मि श्रेष्ठ, खेलाडीहरु ज्ञानेन्द्र मल्ल, अबिनाश बोहोरासहित आउनुभएको थियो । राजनीतिक दलका सदस्यहरुको पनि यस पटक बाक्लो उपस्थिति थियो ।
‘यो जात्रा देवताको मात्र होइन, संस्कारको केन्द्र बिन्दु पनि हो ।’ रथयात्राका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाहले भन्नुभयो, ‘काठमाडौँ सहर मात्र होइन, सभ्यता पनि हो ।’ यस्ता जीवन्त सांस्कृतिक चालचलनको अन्तरराष्ट्रिय स्तरमा प्रवर्धन गर्न आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्न प्रमुख शाहले सबैलाई आग्रह गर्नुभयो ।
हरेक बर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा सुरु गरिन्छ । काठमाडौंँको जमलबाट सुरु भएर चैत्र शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ । सेतो मच्छिन्द्रनाथलाई बर्षा र सहकालका देवताका रुपमा पूजा गरिन्छ । अनिष्ट हटाउने, अकाल मृत्युबाट बचाउने तथा अशान्ति र असुरक्षाबाट बचाउने देवताका रुपमा समेत मच्छिन्द्रनाथको पूजा आराधना गर्ने चलन छ । मच्छिन्द्रनाथको जात्रा मनाउनाले घरमा लक्ष्मी भित्रिने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वाशले मानिसहरु जात्रामा सहभागी हुन्छन् ।
हिन्दु र बौद्ध धर्मावलम्बीहरुका साझा आस्थाका देवता सेतो मच्छिन्द्रनाथको जात्रा चैत्र शुक्ल अष्टमीदेखि पूर्णिमा भित्रका ५ दिन चल्छ । मूर्ति सेतो भएकोले देवताको नाम सेतो मच्छिन्द्रनाथ राखिएको बिश्वास छ । देवताका अन्य नामहरुमा करुणामय, आर्य अबलोकितेश्वर पनि हुन्
