नेपालभाषाको ‘ख्याल’ विधा संरक्षणमा ‘मुनासः’ सक्रिय: उपत्यकाव्यापी प्रतियोगिता हुने

लिच्छविकालदेखि अस्तित्वमा रहेको र मल्लकालमा राजा रत्न मल्लको समयदेखि सार्वजनिक रूपमा प्रदर्शन गरिँदै आएको नेपालभाषाको मौलिक ‘ख्याल’ (प्रहसन/नाटक) विधालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न मुनासः संस्थाले विशेष सक्रियता देखाएको छ।

नेपाल संवत् १०९२ देखि भाषा र संस्कृतिको जगेर्नामा लागेको यस संस्थाले ६ पटक सम्म आयोजना भएको ख्यालः कासामा जम्मा ८२ वटा ख्यालःले भाग लिएको थियो भने ४२ वटा संघ संस्थाबाट भाग लिइएको थियोे । हालै नेपाल संवत् ११४३ मा आयोजित एक विशेष कार्यक्रममार्फत संस्थाले यस विधाको पुस्तान्तरणका लागि आज औपचारिक घोषणा गरिएको छ।

आगामी दिनमा ख्याल विधालाई अझ व्यापक बनाउन “स्वनिगः व्यापि मुना सः ख्यालः धें धें बल्ला कासा ११४६” (उपत्यकाव्यापी ख्याल प्रतियोगिता) आयोजना गर्ने घोषणा गरिएको छ। मौलिक सांस्कृतिक धरोहरको संरक्षण, अग्रजहरूको सम्मान र नयाँ पुस्तालाई यस विधामा आकर्षित गर्ने यसको मुख्य लक्ष्य रहेको जानकारी पत्रकार समेलन दिएको थियो ।

ऐतिहासिक महत्व बोकेको यस विधालाई जीवन्त राख्न मुनासःले ने.सं. १०९३ देखि नै निरन्तर ‘ख्याल कासा’ (प्रतियोगिता/प्रदर्शन) सञ्चालन गर्दै आएको छ, जसले नेवा: समुदायको मौलिक कलालाई जोगाउन सशक्त भूमिका खेल्दै आएको छ।