ललितपुर – बाङ्मय् शताब्दी पुरुष स्व सत्यमोहन जोशीकी श्रीमती राधा देवी जोशीको निधन भएको छ। १०० वर्षिया जोशीको उपचारको क्रममा ललितपुरको किस्ट अस्पतालमा आज शनिबार विहान निधन भएको उहाँका जेठो छोरा अणुराज जोशीले बताउनु भयो ।
गएको चैत १६ गतेदेखि उहाँ किस्ट अस्पतालमा उपचाररत हुनुहुन्थ्यो।
वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवीले २०७७ साल माघ ३० गते चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आआफ्नो शरीर दानको घोषणा गर्नुभएको थियो। उहाँहरूको इच्छाअनुसार उहाँको शरीर किस्ट अस्पताललाई हस्तातरण गर्ने अणुराज जोशीले भन्नु भयो।
बाङ्मय् शताब्दी पुरुष जोशीको शरीर पनि मरणोपरान्त किस्ट अस्पताललाई हस्तातरण गरिएको थियो। उहाँको गएको असोज ३० गते १०३ वर्षको उमेर निधन भएको थियो।
