ललितपुर – बाङ्मय् शताब्दी पुरुष स्व सत्यमोहन जोशीकी श्रीमती राधा देवी जोशीको शरिर आज नै अस्पताललाई हस्तातरण गरिने भएको छ।
वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवीले २०७७ सालमा चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आआफ्नो शरीर दानको घोषणा गर्नुभएको थियो। सोही इच्छानुसार बाङ्मय् शताब्दी पुरुष जोशीकी श्रीमती राधा देवीको शरीर ललितपुरको किस्ट अस्पताललाई हस्तातरण गर्न लागिएको हो।
आज साझँ ५ बजे अस्पताल परिसर इमाडोलमा श्रद्धान्जली कार्यक्रम गरेर ६ बजे उहाँको मृत शरीर हस्तातरण गरिने जोशीका आफन्त अजरमान जोशीले बताउनु भयो।
१०० वर्षिया राधादेवीको उपचारको क्रममा आज शनिबार विहान सेप्टीक शक तथा ह्यदयघातका कारण किस्ट अस्पतालमा निधन भएको थियो। उहाँलाई गएको चैत १६ विहान निमोनिया संक्रमणका कारण किस्ट अस्पतालमा भर्ना गरिएको थियो।

