रवि लामिछानेका गाडी चालक घरको छतबाट खसेर घाइते, अनुसन्धान गर्दै प्रहरी

चितवन -राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक घरको छतबाट खसेर घाइते भएका छन् ।

आज बिहान ४ बजे भरतपुर-११ मा रहेको लामिछानेको घरको छतबाट खसेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा घाइते हुनुभएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

गोडामा र टाउकोमा चोट लागेका थापाकाे  पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसै विच, प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानका लागि लामिछानेका ड्राइभर थापासँग आइतबार राति सँगै सुतेका रास्वपा महामन्त्री मुकुल ढकालका ड्राइभर  कालुराम राजवंशीलाई  कार्यालयमा ल्याएर सोधपुछ गरिरहेको छ।