काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा एक सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार छ सय ३२ जनाको नमुना परीक्षण गर्दा एक सय चार जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा ६० जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७९ जना पुगेको छ । २४ घण्टामा एक जना काेराेना सङ्क्रमितकाे ज्यान गएकाे मन्त्रालयले जनाएकाे छ ।
