काठमाडौं – माई खोला हाइड्रोपावरले आईपीओ बिक्री खुला गरेको छ ।
हाइड्रोपावरले सर्वसाधारणका लागि आजदेखि आईपीओ बिक्रीमा ल्याएको हो । यस आईपीओमा वैशाख १२ गतेसम्म आवेदन दिन पाइने छ। उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा वैशाख २४ गतेसम्म खुला रहनेछ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै आईपीओ बिक्री गरिसकेको छ । यस आईपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘एनपी डबल बी प्लस रेटिङ’ प्रदान गरेको छ । सर्वसाधारणले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
