एसीसी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने

काठमाण्डौ – एसीसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एशिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ ।

टोली मलेसियन एअरलाइन्सबाट राति पौने १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ । नेपाल हिजो भएको एसीसी प्रिमियर कपको फाइनल खेलमा यूएईलाई ४४ रनले हराउँदै च्याम्पियन बनेको हो ।

उपाधिसँगै नेपाल दोस्रो पटक एशिया कपमा पुगेको छ । अब नेपालले अर्को वर्ष बङ्गलादेशमा हुने एशिया कपमा आयोजक टोलीसँगै भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तान जस्ता टोलीसँग खेल्नेछ ।