नागार्जुनमा आगलागी, एक करोड २५ लाख रुपैयाँ बराबरको नोक्सानी


काठमाडौं –  काठमाण्डौको नागार्जुनमा भएको आगलागीमा एक करोड २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । नागार्जुन नगरपालिका ४ मा रहेको सरलपुरमा स्थानीय बालकुमार बयलकोटीले सञ्चालन गरेको रेष्टुँरामा गएराति १० बजे आगो लागेको हो ।

रेष्टुँराबाट सल्किएको आगोले नजिकै रहेको शम्भू साहको फर्निचरमासमेत नोक्सानी पुर्‍याएको छ ।

आगलागीबाट रेष्टुँरा र फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रेष्टुँरा जल्दा एक करोड र फर्निचरको २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

आगो दमकल, प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा गएराति ११ बजे निभाइएको छ । आगो लाग्नुको कारण भने खुलेको छैन ।