राष्ट्रिय कविता महोत्सवका लागि ८९२ कविता प्राप्त

काठमाडौं –  नेपाल प्रज्ञा–प्रतिष्ठानले वि स २०२२ सालदेखि हरेक वर्ष असार ९ गते आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गर्ने राष्ट्रिय कविता महोत्सवका लागि यसपटक आठ सय ९२ कविता प्राप्त भएको छ ।

प्रतियोगितामा इमेलबाट आठ सय ४८ वटा प्राप्त भएका र ४४ वटा कविता कार्यालयमा दर्ता भएका कुलपति भुपाल राईले जानकारी दिनुभयो । यस पटकदेखि प्राप्त कवितामध्ये उत्कृष्ट १० को छनोट हुनेछ ।

यसरी छनोटमा परेका उत्कृष्ट १० कविताका कविलाई जनही १५ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।

यस पटकबाट समावेशी सहभागितमूलक सिद्धान्तका आधारमा राष्ट्रिय कविता महोत्सवका लागि कविता आह्वान गरिनुले कविहरूको आकर्षण बढेको कुलपति राईको भनाई छ ।