काठमाण्डाै- राष्ट्रपति रामचन्द्र पौडेल फेरि अस्पताल भर्ना हुनु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई आज बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।
राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको उहाँका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिनु भयो।
राष्ट्रपति पौडेललाई के भएको हो भन्ने बारेमा केही खुलाइएको छैन ।
राष्ट्रपति पौडेलको मुटुमा समस्या भएपछि गत मंगलबार शहीद गङ्गालाल हृदयरोग केन्द्रमा एन्जियोग्राम गरि बुधबार डिस्चार्ज हुनुभएको हो ।
