पासा पुचः गुथि यूकेको अध्यक्षमा सुशील प्रजापति सर्वसम्मत चयन हुनुभएको छ। शनिबार लन्डन प्लमस्टिडको गोर्खा क्याप्रिकनमा सम्पन्न पासाः पुचः गुथिको अधिवेशनमा अध्यक्ष पदमा प्रजापतिलाई सर्वसम्मत रूपमा चयन हुनुभएको हो।
त्यस्तै उपाध्यक्षमा रुक्मणि मानन्धर, दिव्य महर्जन र विजयमान डंगोल, महासचिवमा नगेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा रजनी श्रेष्ठ, सहसचिवमा प्रजेश श्रेष्ठ, लिसा दली श्रेष्ठ र सहकोषाध्यक्षमा श्याम श्रेष्ठ निर्वाचित हुनु भएका छन् ।त्यसैगरी, कार्यसमिति सदस्यमा सबिता मानन्धर, मधुसुदन कायस्थ, सचेतन तुलाधर, यादव श्रेष्ठ, रमेश श्रेष्ठ, माधवलाल श्रेष्ठ, सोनी श्रेष्ठ, सुरोज मास्के, केशव श्रेष्ठ, चरण प्रधान र सकिला मानन्धरलाई चयन गरिएको छ।
बालमुकुन्द जोशीको संयोजकत्वमा ओजेश सिंह सचिव तथा अमृत स्थापित, सचेतन तुलाधर, शिवजी श्रेष्ठ र मदनमान श्रेष्ठ सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको निर्वाचन प्रक्रिया सञ्चालन गरेको थियो ।
यसअघि निवर्तमान अध्यक्ष ओजेश सिंहको अध्यक्षतामा समपन्न अधिवेशनमा उपाध्यक्ष सुशील प्रजापतिले संस्थाको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रजनी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेर्नु भएको थियो ।
त्यस्तै, अल्डरसट शाखाबाट प्रजेश श्रेष्ठ, लण्डनबाट ओजेश सिंह, रेडिङबाट दिव्य महर्जन र साउथ इष्ट लन्डनबाट नगेन्द्र श्रेष्ठले शाखाको प्रगति विवरण पेश गर्नु भएको थियो ।
गुथिका संस्थापक सदस्यहरु अमृत स्थापित, महन्त श्रेष्ठ, शशी मानन्धर, बालमुकुन्द जोशी, उत्तम अमात्य, अर्जुन प्रधान र धर्म शाक्य, संस्थामा लामो समयसम्म योगदान गर्ने सदस्यहरु कुमार श्रेष्ठ, मनिष श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, जानकी कायस्थ, कपिल श्रेष्ठ, राजन मल्ल र केशव श्रेष्ठ एवम् सल्लाहकारहरु सचेतन तुलाधर, यादव श्रेष्ठ, शिवजी श्रेष्ठ, कपिल श्रेष्ठ र राजेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो।
त्यस्तै, अन्य कार्यमा योगदान गर्नेरुमध्ये रथ निर्माणमा सोहन सुवाल, विष्णुप्रसाद प्रजापति र सञ्जिव श्रेष्ठ, धिमे कक्षामा सुरज मकाजु र कृष्ण वैद्य, नेपाल लिपी कक्षामा सुनिता डंगोल, आनन्दकुमार महर्जन र सुवर्ण बज्राचार्य, नेपाल भाषा कक्षामा मेरिलिना फ्रिसोन, आइटी सहयोगमा नीर महर्जन, वेबसाइट निर्माणमा समेन महर्जन, एक्टिभ रनमा इश्वर महर्जन, स्वयमसेवामा महेन्द्र शाक्य, इहि तथा केयतापूजामा सुशिला मल्ल, बिना श्रेष्ठ र परशुराम बदगामी, निरन्तर सहयोगमा मदनमान श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। त्यस्तै नेपालबाट आएकी चर्चित गायिका सहिमा श्रेष्ठलाई पनि गुथिले विशेष सम्मान गरेको थियो । नवनिर्वाचित कार्यसमितिलाई संस्थापक सदस्यहरु अमृत स्थापित र बालमुकुन्द जोशी, सल्लाहकारहरु शिवजी श्रेष्ठ, मनिष श्रेष्ठ, सचेतन तुलाधर, निवर्तमान अध्यक्ष ओजेश सिंहलगायतले बधाई तथा शुभकामना दिएका थिए ।
नयाँ कार्यसमितिको तर्फबाट अध्यक्ष शुशिल प्रजापतिले आभार व्यक्त गर्दै बेलायतमा नेवार संस्कृति, भाषा, कला संरक्षण र प्रवर्धन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
