नवदुर्गा टाेल सुधार समितिद्वारा गतः मंगलबार चौथो पटक वृक्षारोपन गरिएको छ । गोदावरी नगरपालिका १२ थेच्वको क्वाःगा वनमा सव डिभिजन वन कार्यालयका पदाधिकारीहरुको उपस्थितिमा उक्त वृक्षारोपन भएको हो ।
वर्षौंदेखि फालिरहेको फोहरलाई व्यवस्थापन गरी यस अवसरमा विभिन्न जातका करिब ७०० वटा फलफूल तथा रूख बिरूवाहरू रोपेका छन् । वृक्षारोपन कार्यक्रममा टाेल बासिन्दा, गोदावरी नगरपलिका, वडा १२ कार्यालय, सव डिभिजन वन कार्यालय, सृजनशील फोहोर व्यवस्थापन समिति लगायतका उपस्थितिमा सम्पन्न भएकाे थियाे ।
