ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर २८ हरिसिद्धिले अफ्नो वडा भित्रका जेष्ठ नागरिकहरूलाई दिवा भोजन उपलब्ध गराएको छ। वडा २८ मा रहेका पाटीपौवामा दिउँसो बसेर दिन विताइरहने जेष्ठ नागरिकहरूलाई लक्षित गरेर वडा २८ ले दिवा भोजन उपलब्ध गराएको दिवाभोजनका संयोजक तथा महिला वडा सदस्य शरणलक्ष्मी महर्जनले बताउनु भयो।
उहाँका अनुसार वडा २८ र वडा २९ का गरी दैनिक ६० जना भन्दा जेष्ठ नागरिकहरूले उक्त सेवाको उपभोग गरिरहेका छन्। दिवा भोजनको सुविधा साउन १६ गतेबाट शुरू भएको हो।
वडाबाट जेष्ठ नागरीकहरूको लागि दिवा सेवा संचालन गर्ने गरी तयारी भइरहेको वडा अध्यक्ष विरेन्द्र महर्जनले बताउनु भयो।
(तस्विर तथा समाचारः जितेन्द्र महर्जन,हरिसिद्धि)











