हरिसिद्धिको लाछिमा बृहत हस्तकला प्रदर्शनी

ललितपुर – स्थानीय महिला समूहद्धारा उत्पादित सामाग्रीको बजारीकरण गर्ने उद्धेश्यसहित ललितपुर महानगरपालिका वडा नम्बर २८ ले बृहत हस्तकला प्रदर्शनी तथा बिक्रि मेला आयोजना गरेको छ। शनिबार हरिसिद्धिको लाछिमा भएको उक्त बृहत प्रदर्शनीको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नु भएको थियो।

महिला वडा सदस्य शरणलक्ष्मी महर्जनको सभापितत्वमा भएको बृहत प्रदर्शनीको उद्घाटन कार्यक्रममा प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मंजली शाक्य बज्राचार्य, वडा नम्बर २८ का अध्यक्ष विरेन्द्र महर्जन, वडा नम्बर २९ का अध्यक्ष गणेश कुमार महर्जन लगायतले महिला उद्यमशीलताकाबारेमा आ आफ्नो धारणा राख्नु भएको थियो।

प्रदर्शनीमा वडा नम्बर २८ को २० वटामहिला समूहसहित ३२ वटा समूहले स्टल राखेका थिए भने प्रदर्शनीमा सिलाइ बुनाइ, सजावट, सरसफाइका सामाग्री, खानाका परिकार लगायत राखिएको थियो।

करीव ३००० ले अवलोकन गरेको उक्त प्रदर्शनीमा करीव १० लाख रूपैयाँको कारोवार भएको आयोजकले जनाएको छ।

(तस्विर तथा समाचारः जितेन्द्र महर्जन,हरिसिद्धि)