सातौं चेम्बर एक्स्पो काठमाडौंमा सुरू

काठमाण्डौ –  नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौं चेम्बर एक्स्पो-२०२४ काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ । स्थानीय उत्पादन प्रवर्द्धन एवम् बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नु भयो ।

सो क्रममा मन्त्री अर्यालले अर्थतन्त्रको पछिल्लो अवस्थाप्रति सरकार संवेदनशील रहेको बताउनु भयो । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपुर्ण रहेको उहाँको भनाइ छ ।

एक्स्पोमा कृषि सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका वस्तु प्रदर्शनीमा राखिएको छ । घर–जग्गा, खाद्य एवम् पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निर्माण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरु समेत प्रर्दशनीमा रहेका छन् ।

एक्स्पोलाई सम्बोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक परिस्थितीकाबीच अर्थतत्त्र चलायमान एवम् व्यावसायिक गतिविधि विस्तार गर्न एक्स्पो आयोजना गरिएको बताउनु भयो ।

एक्स्पोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहेका छन् । आगामी सोमबारसम्म चल्ने एक्स्पोमा नेपाल, भारत, दक्षिण कोरिया, बंगलादेश पाकिस्तान लगायतका व्यापारीले सहभागिता जनाएका छन् ।