मिसेस डिभा नेपाल २०२४ को ट्यालेन्ट सो सम्पन्न

मिसेस डिभा नेपाल २०२४ को ट्यालेन्ट राजधानीमा सम्पन्न भएको छ । हिमालयन मुभिज प्रोडक्सन हाउस प्रा. लि. को आयोजनामा गएको शनिबार सम्पन्न कार्यक्रममा करिब एक दर्जन प्रतियोगीहरुले नृत्य, गायन, मार्सल आर्टस, कविता, आर्ट, जोक्स लगायतका प्रतिभा प्रस्तुत गरेका थिए।
हिमालयन मुभिज कि प्रमुख कार्यकारी अधिकृत तथा सिनियर फेशन कोरियोग्राफर हिमानी सुब्बा, ब्यूटिसियन नेपाल २०२० सजना खतिवडा, मिसेस नोबेल नेपाल २०२४ सिरोसा सापकोटा निर्णायक रहेको उक्त कार्यक्रमको बेस्ट ट्यालेन्ट शिर्ष अवार्ड को लागि भएको थियो। विजेताको घोषणा फाईनलमा हुनेछ । विवाहित महिलाहरुको क्षमता प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको सौन्दर्य प्रतियोगिताको फाइनल भने आउँदो चैत १९ गते म्यूजिक सिटि स्टुडियोमा हुनेछ।