ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा शुरु

धनुषा  – १५ दिनसम्म मनाइने ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट शुरु भएको छ । नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागिता हुने परिक्रमामा विभिन्न १५ ठाउँमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ । यात्राका लागि…

सगरमाथा आरोहीका लागि विद्युतीय चीप अनिवार्य

काठमाण्डौ – सरकारले सगरमाथा आरोहीहरूका लागि विद्युतीय चिप अनिवार्य गरेको छ । आरोही हराएमा तत्कालै उनीहरु कहाँ छन् भनेर जानकारी लिन र ज्यान गइसकेको अबस्थामा शव खोज्न पनि सजिलो होस भनेर बिद्युतीय चीप अनिबार्य गरेको पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाका…

भक्तपुरको भाज्या पोखरी सर्वसाधारणका लागि खुला

भक्तपुर – भक्तपुरको भाजुपुखू अर्थात भाज्या पोखरी सर्वसाधारणका लागि खुला भएको छ । शिवरात्रिको अवसर पारेर हिजो पुननिर्मित पोखरी र जलेश्वर मन्दिर उद्घाटनसँगै सर्वसाधरणका लागि खुल्ला गरिएको हो । भक्तपुर नगरपालिकाले भूकम्पवाट भत्किएका सम्पदा पुननिर्माण गर्ने क्रममा भाज्या पोखरी पनि…

आज ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस

शुक्रबार ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ। यस वर्ष ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नारासहित ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च…

शिव पार्वती रथयात्रा भब्य रुपमा सम्पन्न, १०८ फिट अल्लो मूर्ति निर्माण द्रुत गतिमा

काठमाडौं –  शिवरात्रिको पूर्वसन्ध्यामा मानव कल्याण आध्यामिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रिक बुद्धिकुमार गुरुको नेतृत्वमा शिव पार्वती रथयात्रा बुधबार सम्पन्न भएको छ । ललितपुरको बालकुमारी मन्दिरबाट दर्जनौं गाडीमा हजारौं संख्यामा भक्तजन बाजागाजा तथा झाँकी जुलुशसहित भक्तपुर सुडालको कलमसिमा १०८ फिट अल्लो कल्पेश्वर…

सैनिक दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह

काठमाण्डौ – नेपाली सेनाले आफ्नो स्थापना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच युद्धकला, शिवरात्रि परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरेको छ । नेपाली सेनाले देशभरी विविध कार्यक्रम गरी २ सय ६१ औँ स्थापना दिवस मनाइरहेको छ ।…

सातौं चेम्बर एक्स्पो काठमाडौंमा सुरू

काठमाण्डौ –  नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौं चेम्बर एक्स्पो-२०२४ काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ । स्थानीय उत्पादन प्रवर्द्धन एवम् बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नु भयो ।…

आज महाशिवरात्रि पर्व मनाइँदै, विभिन्न महादेव मन्दिरमा भक्तजनहरुकाे भिड

काठमाण्डौ –  आज महाशिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । पशुपतिनाथसहित देशभरका अरु शिव मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाण्डौको पशुपति, डोलेश्वरलगायत स्थानीय…

दादुरा–रुबेला खोप अभियानमा २० लाख बालबालिकाले खोप लगाए

काठमाण्डौ – सरकारले सञ्चालन गरिरहेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म झण्डै २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म झण्डै २० लाख जनाले खोप लगाएका बाल स्वास्थ्य तथा खोप…