अमेरिकामा विश्वमै पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरेर मृत्युदण्ड दिइयो

अमेरिकाको एलाबामा राज्यमा हत्या आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ । ५८ वर्षीय केनेथ युजिन स्मिथलाई सन् १९८९ मा एलिजाबेथ सेनेटको हत्यामा दोषी ठहर गरिएको थियो। विश्वमै नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएकाे यो पहिलो घटना…

आँखा उपचारमा नेपालको ऐतिहासिक सफलता, २९ हप्तामा जन्मेको शिशुको आँखाको सफल शल्यक्रिया

काठमाण्डाै – नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ एलएसभी पद्धतिबाट जटिल प्रकारको आँखाको सफल शल्यक्रिया गरिएको छ । अस्पतालमा २९ हप्तामा जन्मिएको नवजात शिशुको बायाँ आँखाको ‘एलएसभी’ शल्यक्रियामार्फत उपचार गरिएको हो । आँखा अस्पताल त्रिपुरेश्वरमा यसप्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो ।…

गुड्दागुड्दैको बस बानेश्वरमा भासियो

काठमाडौँ – नयाँ बानेश्वर सडक खण्डमा गुड्दा गुड्दैको बस सडकमा भासिएको छ । कोटेश्वरबाट रत्नपार्क जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस सडकमा भासिएको ट्राफिक प्रहरीले जनाएको छ । सर्भिस लेनतर्फको सडक भासिएपछि टायर सडकमै भासिएको थियो । इन्द्रेणी फुडल्याण्ड…

उपत्यकामा सवारी दुर्घटना : ६ महिनामा ८८ को मृत्यु

काठमाडौँ – गत पुस २८ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए। प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौँको लाजिम्पाट बस्ने वरिष्ठ चिकित्सक महेशकुमार गौतम, उनका ससुरा…

राष्ट्रिय सभाकाे १९ सिटका लागि भएको चुनावमा सत्ता गठबन्धनका १८ जना उम्मेदवार विजयी

काठमाण्डाै – राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको चुनावको मतपरिणाम सार्वजनिक भएको छ । १९ सिटका लागि भएको चुनावमा कोशीमा एक जनाबाहेक सबैतिर अर्थात् १८ जना सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई हराउँदै एमालेकी…

स्वस्थानी व्रतकथा आजदेखि

काठमाण्डाै – आज पुस शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा देशका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । शक्तिपीठहरुमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा पूजा आराधना गर्ने गरिन्छ । आजदेखि वैदिक सनातन धर्मावलम्बीले…

नेपाली मूलका व्यवसायी मास्केको कम्पनी अमेरिकी सेयर बजारमा सूचीकृत हुँदै

काठमाण्डाै – नेपाली उद्यमी डा. समीर मास्केले स्थापना गर्नुभएको कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको स्टक एक्सचेन्ज ‘नास्डक’ मा सूचीकृत हुने भएको छ । ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (कृत्रिम बौद्धिकता–एआई) सँग सम्बन्धित काम गर्दै आएको कम्पनी ‘फ्युजमेसिन्स’ र ‘सीएसएलएम एक्विजिसन कर्प’ बीच ‘नास्डक’ मा सूचीकृत हुने गरी मर्जर सम्झौता भएको…

अब एसइईमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थीको नतिजा ननग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लेटर ग्रेडिङ निर्देशिका–२०७८ लागू गर्ने भएको छ । एसइई परीक्षा आगामी चैत १५ देखि २८ गतेसम्म सञ्चालन गर्ने बोर्डको कार्यतालिका छ ।  बोर्डका अध्यक्ष महाश्रम शर्माले यसवर्ष परीक्षार्थीले नयाँ पाठ्यक्रमअनुसार परीक्षा…

शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै सुरु भयो शहीद सप्ताह

काठमाण्डौ – आजदेखि शहीद सप्ताह शुरु भएको छ । आजदेखि सात दिनसम्म विभिन्न कार्यक्रम गरी शहीदको सम्झना गरिन्छ । १६ गते विशेष कार्यक्रमका साथ शहीद दिवस मनाइन्छ । शहीद सप्ताहको पहिलो दिन आज विहान टेकुको पिपलबोटमा रहेको शुक्रराज शास्त्रीको शालिकमा…

त्रिविको उपकुलपतिका लागि ४३ जनाको आवेदन

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका छन् । शिक्षामन्त्री अशोककुमार राई संयोजकत्वको सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन खुलाएकोमा दुई महिलासहित ४३ जनाले आवेदन दिएका हुन् ।  सिफारिस समितिका सदस्य एवम् शिक्षा सचिव सुरेश अधिकारीअनुसार…