सुन तस्करी प्रकरणः अहिलेसम्म १६ जना पक्राउ

काठमाडौँ-  झन्डै एकसय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् । पछिल्लोपटक हिजो सरकारी कर्मचारीसहित थप छ जना पक्राउ परेका हुन् । हिजो पक्राउ पर्नेमा तीन जना भन्सारका कर्मचारी र तीन जना भन्सार एजेन्ट रहेका छन् । राजस्व…

अमेरिकाको मेरिल्याण्डमा विपश्यना ध्यान शिविर सम्पन्न

अमेरिका नेपाल परम्परागत बौध्द धर्म संघको आयोजनामा अमेरिकाको मेरिल्याण्ड राज्यको वासिङ्गटन डिसी मेट्रो क्षेत्रमा पहिलो पटक विपश्यना ध्यान शिविर आयोजना गरिएको छ। संघले मेरिल्याण्डको विल्सभिलमा रहेको नेपाल एजुकेशन एण्ड कल्चर सेन्टरमा  २ दिने विपश्यना ध्यान शिविर आयोजना गरेको हो। भिक्षु…

विदेश भ्रमणमा जाने नेपालीले २५ सय डलर सटही सुविधा पाउने

काठमाडौँ– विदेश भ्रमणमा जाने नेपाली नागरिकले पाउने सटही सुविधा बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा  भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर दुई हजार पाँचसम्म…

प्रधानमन्त्री प्रचण्ड रोममा

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटालीको रोममा पुग्नु भएको छ । इटालीमा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड रोम पुग्नु भएको हो।  शनिबार साँझ काठमाडौंबाट प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड…

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ ।…

सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रद्वारा विभिन्न सम्मान तथा पुरस्कार प्रदान

 काठमाडौँ – सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले विभिन्न चारजना व्यक्तित्वहरुलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गर्नुका साथै नेपालभाषाका चारजना अग्रणी महिला साहित्यकारहरुलाई मांथां (आमा खम्बा), चारजना नेपालभाषाका साहित्यकारहरुलाई तिकिझ्याः (आँखीझ्याल) सम्मान र विभिन्न सम्मान तथा पुरस्कारबाट सम्मानित तथा पुरस्कृत गरेको छ । नेपालभाषा…

चाँगुनारायणमा भेटियो एक सय ६७ वर्ष पुरानो शिलालेख

भक्तपुर – चाँगुनारायण नगरपालिका ७ बागेश्वरीको पगरी टोलमा एक सय ६७ वर्ष पुरानो शिलालेख फेला परेको छ । सडक स्तरोन्नतिका लागि स्थानीय जनक लामिछानेको जग्गा सम्याउने क्रममा बाँसको झ्याङमुनि कोलसहितको शिलालेख फेला परेको हो । करिब सात फिट लम्बाइको शिलालेखको…

त्यो देश बाहिर कसरी पुग्यो? कुन माध्यमबाट गयो? प्रश्न खट्किरह्यो

त्यो देश बाहिर कसरी पुग्यो? कुन माध्यमबाट गयो? प्रश्न खट्किरह्यो सिल्भिया राजोपाध्याय्   सदा झै इमेल खोलें, सधैं नै आइरहने एउटा विदेशी अनुवादसँग सम्वन्धित संस्थाको इमेल urgent लेखिएकोले पहिले पढेंं । करिब ५०० वर्ष जति पुरानो लामो पौभामा रहेका शब्दको…