ऊर्जाको बागडोर अब दुई ‘काबिल’ इन्जिनियरको हातमा, मिलेर गर्न सक्छन् कायापलट!

केही समयअघि मात्र नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङलाई देशको परिवर्तित राजनीतिक परिस्थितिले ऊर्जा मन्त्रालयको नेतृत्वमा ल्याइपुर्‍याएको छ। विद्युत प्राधिकरण यही मन्त्रालय मातहत पर्छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन्। २०८१…

जेनजी सहिद कुलुङप्रति विराटनगरमा श्रद्धाञ्जली अर्पण

जेनजी आन्दोलनका क्रममा निधन भएका संखुवासभा जिल्लाका प्रवीण कुलुङप्रति विराटनगरमा श्रद्धाञ्जली अर्पण गरिएको छ । बुधबार विहान विराटनगर विमानस्थलमा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित युवा समूहले मृतक कुलुङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सिलिचोङ गाँउपालिका ३ का कुलुङको शव…

प्रधानमन्त्रीले मागिन् रुइतको सहयोग, रुइतद्वारा मन्त्री बन्न अस्वीकार

प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन् । आज तिलगंगा आखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने बारे छलफल गरेकी हुन् । छलफलपछि डा. रुइतले आफुले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने…

पशुपति आर्यघाटमा जेनजी आन्दोलनका मृतकको अन्त्येष्टि हुँदै

काठमाडौं : जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ। त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि शव बुझेका परिवारजनले पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिरहेका छन्। हालसम्म महाराजगन्जका असई मिलन राय र ग्लोबल कलेजका विद्यार्थी सियम चौलागाईंको अन्त्येष्टि भइसकेको छ। अहिले पशुपति आर्यघाटमा शव ल्याउने क्रम जारी छ। भदौ २३ र २४…

असोज १ गते शोक दिवस, सार्वजनिक बिदा

सरकारले असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो दिन सार्वजनिक बिदा दिने र जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान…

इन्द्रजात्रा (येँया पुन्हि) को व्यावहारिक ज्ञान सिकाऊदै आरम्भ संस्कार विद्यालय

इन्द्रजात्रा (येँया पुन्हि) को अवसरमा गत भाद्र २० गते शुक्रबारका दिन आरम्भ संस्कार विद्यालयले बालबालिका लाई जात्राको महत्वो बुझाउने उद्देश्यले भव्य रूपमा मनाएको छ। आधारित सिकाइ अन्तर्गत बालबालिकालाई व्यवहारिक ज्ञान प्रदान गर्ने हिसाबमा उक्त काय्रक्रम विद्यालयमा सम्पन भएको थियो। विद्यालय…

संसद भवनबाट चोरेका सामान फिर्ता गर्न आग्रह, लुटपाटको सबुद पनि मागियो

जेनजी आन्दोलनको क्रममा संसद भवनबाट लुटिएका सामग्री फिर्ता गर्न संसद सचिवालयले आग्रह गरेको छ । २४ गते जेनजीको आवरणमा अराजक समूहले नयाँ बानेश्वरस्थित संसद भवन छिरेर आगजानी, तोडफोड तथा लुटपाट गरेको थियो । सचिवालयले आज एक सूचना जारी गर्दै सोक्रममा…

फिल्म हलहरु आजदेखि खुल्ने

जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र भवन आजदेखि खुल्ने भएका छन् । आइतबार बसेको चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको हो…

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले…

जनजीवन सामान्य बनेसँगै बजारमा चहलपहल बढ्दै

अन्तरिम सरकार गठनसँगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य बनेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आम नागरिकहरु आवश्यक सामान किन्न, कार्यालय जान सुरु गरेका छन् । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की बनेकी छन् । मन्त्रीपपरिषद् विस्तार हुन अझै सकेको छ ।…