काठमाडौं : जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ।
त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि शव बुझेका परिवारजनले पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिरहेका छन्। हालसम्म महाराजगन्जका असई मिलन राय र ग्लोबल कलेजका विद्यार्थी सियम चौलागाईंको अन्त्येष्टि भइसकेको छ।
अहिले पशुपति आर्यघाटमा शव ल्याउने क्रम जारी छ। भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा मृत्यु हुने युवाको संख्या अहिलेसम्म ५१ पुगेको छ।
केही शव पहिल्यै आफन्तले बुझेर अन्त्येष्टि गरिसकेका छन् । आज रसिक खतिवडा लगायतको शवयात्रासहित अन्त्येष्टि गरिँदै छ ।
