प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन् । आज तिलगंगा आखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने बारे छलफल गरेकी हुन् । छलफलपछि डा. रुइतले आफुले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताएका छन् ।
प्रधानमन्त्री कार्कीले विशेष परिस्थीतिमा आफुले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा. रुइतसँग आग्रह गरेपनि उनले अस्वीकार गरेका हुन् ।
जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले भने आफु चिकित्सकीय पेशामार्फत नागरिकको सेवामा तल्लिन हुने बताउँदै आएका छन् ।
