चार महिनामा एक हजारभन्दा बढी आगलागीका घटना

१४ साउनः गत वैशाखदेखि हालसम्म एक हजार ११ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन भएको छ भने १४४ जना घाइते भएका छन् । त्यसबाट एक हजार १२४ घर परिवार प्रभावित भएका छन् । राष्ट्रिय विपद्…

रुसमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागरभरि सुनामीको चेतावनी जारी

बुधबार बिहान रुसको कामचट्का प्रायद्वीपको पूर्वी तटमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ । जसले गर्दा रुस, जापान, गुआम, हवाई र अलास्का सहित प्रशान्त महासागरभरि सुनामीको चेतावनी जारी गरिएको छ । एनसीएसले सामाजिक…

मनोहर श्रेष्ठ वर्ल्ड नेवाः अर्गनाइजेशनको अध्यक्षमा निर्वाचित,दुबईमा हुने अधिवेशनबाट विधिवत घोषणा हुने

विश्वभरका नेवा :हरुको संस्था वर्ल्ड नेवाः अर्गनाइजेशनले नयाँ अध्यक्षको रुपमा मनोहर श्रेष्ठलाई पाएको छ। नेवाः अर्गनाइजेशनको पाँचौं अधिवेशन आगामी ने.सं. ११४५ गुंलागाः सप्तमि, शुक्रबार (अगष्ट १५) देखि गुंलागाः नःमि,देखि आइतबार (अगष्ट १७) सम्म यूएइको दुबइ शहरमा हुदैछ । श्रेष्ठ अमेरिकामा…

प्रधानमन्त्रीको स्वागतमा हिँडेका दुई प्रदेश मन्त्रीको गाडी आपसमा ठोक्किएर कच्याककुचुक प्रधानमन्त्रीको स्वागतमा हिँडेका दुई प्रदेश मन्त्रीको गाडी आपसमा ठोक्किएर कच्याककुचुक

सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी लम्कीमा एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी चिसापानी जाने क्रममा दुई मन्त्रीको गाडी ठोकिएको प्रहरीले जनाएको छ । भौतिकमन्त्री सुरेन्द्र पाल चढेको गाडीलाई कानूनमन्त्री ही सार्की चढेको गाडीले लम्कीमा…

जनकपुरधाममा बालिकाको हत्या

धनुषा, १३ साउनः यहाँस्थित जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एक बालिकाको हत्या गरिएको छभने र दुईजना घाइते भएका छन् । कटैयाचौरी भन्ने स्थान नजिक भएको सो घटनामा बटेश्वर गाउँपालिका–५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु…

वर्षाका कारण देशभरका आठ राजमार्ग अवरुद्ध

मुलुकभर परेकोे अविरल वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध भएका राजमार्गहरुमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल,…

लागुपदार्थसहित २३ जना पक्राउ

बितेका २४ घण्टामा देशका विभिन्न भागबाट लागुपदार्थसहित २३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, ललितपुर, झापा, कैलाली, कञ्चनपुर, सप्तरी, कास्की, स्याङ्जा, सुनसरी, मकवानपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलबाट खैरो हेरोइन जस्तो देखिने…

आज नागपञ्चमी पर्व: नागको पूजाअर्चना गरी मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ। नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ। साथै अग्नि,…

इतुंबहालबाट चोरी गरी लगिएको तीन वटा पौभाः चित्र फिर्ता ल्याए

आजभन्दा पै‌ंतालीस वर्ष अघि काठमाण्डौंको प्रख्यात केशचन्द्र महाविहार इतुंबहालबाट चोरेर लगिएको ऐतिहासिक तीन वटा पौभाः चित्र अस्ति शनिबार इतुंबहालमा नै फिर्ता ल्याइएको छ । पैंतालीस वर्ष अघि इतुंबहालबाट यस पौभाः चित्र चोरी गरिएको हो भने यस पौभाः चित्र अमेरिकाको संग्रहालयमा…

२४ घण्टामा देशका धेरै ठाउँमा पानी पर्‍याे मधेशमा भने सामान्य वर्षा मात्रै, खडेरी पीडितलाई राहत पुगेन

मनसुनी वायु थप सक्रिय हुँदा बितेको २४ घण्टामा काठमाडौ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भएको छ । केही दिनदेखि सामान्यबाहेक पानी नपरिरहेको बेला हिजो बेलुकादेखि देशका धेरै ठाउँमा पानी परेको हो । तर खडेरीको चपेटामा परेको मधेश प्रदेशमा भने सामान्य…