कोलम्बियाले घानालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
शनिबार बिहान कन्सास सिटी स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाको जितमा जोन एरियासले १४औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
दोस्रो हाफको ५६औँ मिनेटमा लुइस डियाजले गोल गरे पनि अफसाइड ठहरिएपछि त्यो गोलले मान्यता पाएन।
खेलभरि कोलम्बियाले बल नियन्त्रण र आक्रमणमा स्पष्ट दबाब कायम राखेको थियो। घानाका गोलकिपर लरेन्स अति जिगीले कोलम्बियाका तीन उत्कृष्ट प्रहार बचाउँदै टोलीलाई थप क्षति हुनबाट जोगाएका थिए।
यस हारसँगै घानाको विश्वकप यात्रा समूह चरणमै समाप्त भएको छ। कोलम्बियाले अब अन्तिम १६ मा स्विट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।
